शुक्रबारबाट एकसाथ प्रदर्शनमा आउन लागेका ‘कर्मा’ र ‘पिताम्बर’को बुकिङ खुलेको छ ।
हालसम्म सार्वजनिक शो अनुसार क्यूएफएक्स चेनले उपत्यकामा सौरभ चौधरीको निर्देशित फिल्मलाई १९ शो उपलब्ध गराएको छ भने कृषा चौलागाईं निर्देशित पिताम्बरलाई २७ शो उपलब्ध गराएको छ ।
‘कर्मा’मा विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी, दिव्य देव, बेन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ । भोलिसम्म यसमा केही शो बुकिङका आधारमा थप हुनेछन्।
यसैगरी ‘कर्माले’ बीग मुभिजमा ४ शोज, एफक्यूबमा ५ शोज, आइएन आइ लोत्सेमा ३ शोज, आइएनआई नयाँ बाँनेश्वरमा ३ शोज, बीएसआर मुभिजमा ३ शोज दिएका छन् ।
केही हलमा अझै शो खुल्न बाँकी छ । जसकाकारण, ‘कर्मा’ले पनि शोज सुखद पाउने देखिएको छ । देशभर फिल्मले यो समाचार तयारपार्दासम्म ६१ शो पाएको छ ।
यसैगरी ‘पिताम्बर’लाई एफक्यूबले २७ शो दिएको छ भने बीग मुभिजले ६ शो दिएको छ ।
आइएनआई लोत्से मलमा ४ शो, आई एनआई नयाँ बाँनेश्वरमा ४ शो, बिएसआर मुभिजमा ४ शो दिएको छ ।
केही हलमा शो खुल्ने क्रम जारी रहेकाले कृषा चौलागाईं निर्देशित फिल्मले अझ उल्लेख्य संख्यामा शो पाउने सम्भावना छ ।
क्यूएफएक्सको मोफसलमा फिल्मले २२ शो पाएको छ । देशभर हालसम्म फिल्मले ९० शो पाइसकेको छ ।
यो फिल्म प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, गौरव बिष्ट, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरुको अभिनय छ ।
वर्षको अन्तिम रिलिज यी दुबै फिल्मले नेपाली वक्सअफिसलाई गुल्जार बनाउँदै साल २०८१ लाई सुखद् अन्त्य दिने ठानिएको छ ।