चैत २८ गते ‘दर्पणछायाँ’ फेम अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझी अभिनीत दोस्रो फिल्म पिताम्बर रिलिज हुँदैछ। सोही फिल्मको प्रचार प्रसारका क्रममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिव्याले आफ्ना बाबु दीलिपले फिल्मको “म त फ्यान भएँ यार” बोलको गीतमा टिकटक नबनाइदिएको खुलासा गरिन्।
पत्रकार सम्मेलनमा एक पत्रकारले “बाबुले अभिनय करिअरमा तपाईंलाई आवश्यक सहयोग नपु¥याएको हो त?” भन्ने आशयको प्रश्न राखे। सोही प्रश्नको उत्तर दिने क्रममा दिव्याले यस्तो बताइन्।
‘बाबुको रूपमा उहाँले निकै साथ दिनुहुन्छ। उहाँकै कारणले गर्दा म नवप्रवेशी हुँदाहुँदै सुरुमै ठूलो पहिचान पाउन सफल भएँ। बाबु स्वयं स्टार किड होइनन्, सामान्य परिवारबाट आउनुभएको हो। त्यसैले उहाँ चाहनुहुन्छ कि छोरीले पनि आफ्नै मेहनतबाट अगाडि बढोस्, बाबुको नामको भरमा मात्र होइन। शायद त्यसैले उहाँले मलाई केही हदसम्म स्वतन्त्र छोड्नुभएको हो,’ दिव्याले भनिन्।, ‘तर घरमा भने एकदमै साथ दिनुहुन्छ। उहाँले क्यामरामा मेरो फिल्म हेर्नुस् न भनेर आग्रह गर्नुहुन्न। केही दिनअघि हाम्रो ‘म त फ्यान भएँ यार’ गीत रिलिज भएको थियो। मैले ‘ड्याडी, प्लिज टिकटक बनाइदिनु न’ भनेकी थिएँ। तर उहाँले बनाइदिनुभएन। उहाँले भन्नुभयो—‘मैले जति सकिन्छ गरें, बाँकी अब तिम्रो हातमा छ।’ त्यसैले टिकटक बनाइदिनुभएन।’

 
        


 
                                 
                                 
                                 
                                 
                                