‘कार्की साईला’को शुभमुहूर्त, जितुको जोडी वर्षा ‘कार्की साईला’को शुभमुहूर्त, जितुको जोडी वर्षा

‘कार्की साईला’ फिल्मको शुभमुहूर्त गरिएको छ।

सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो। फिल्मका मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले मुहूर्त शट दिएर छायांकनको सुरुवात गरिएको थियो।

मुहूर्तमा जनकदीप पराजुलीले “एक्सन–कट” बोलेका थिए भने क्ल्याप निर्माता सुशील पोखरेलले गरेका थिए। क्यामेराको स्विच अन डम्बरबहादुर राईले गरेका थिए। साथै, निर्माता तथा कलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरेका थिए।

कर्ण बहादुर फिल्मस् प्रा.लि. को ब्यानरमा निर्माण हुने यस फिल्मको निर्देशन राजेन्द्र बस्नेतले गर्दैछन्। फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् भने निर्माता बालकुमार राई रहेका छन्। फिल्ममा द्वन्द्व निर्देशन राजु किराँतीको रहनेछ, संगीत बाबुल गिरिको, नृत्य कमल राईको, गीत र मुख्य सहायक निर्देशन जीवननाथ गौतमको तथा पटकथा तथा संवाद अजित लामिछानेको रहनेछ।

फिल्ममा वर्षा र जितुका साथै गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर र मनिल तामाङको अभिनय रहनेछ। फिल्मले ग्रामीण जीवनको कथा प्रस्तुत गर्नेछ। “भुइँ मान्छेको कथा” फिल्ममा उतारिने निर्देशक बस्नेतले जानकारी दिएका छन्। फिल्मको मुख्य पात्र एक भरिया हुन्।

फिल्मको छायांकन आगामी बैशाख २० गतेदेखि धनकुटा जिल्लाका विभिन्न स्थानमा हुने निर्माण पक्षले जानकारी दिएको छ। साथै, अन्य केही कलाकारहरूको छनोट प्रक्रिया पनि अगाडि बढाइएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti