किन ‘मिट एण्ड ग्रिट’ टुर गर्दैछन् अनमोल? किन ‘मिट एण्ड ग्रिट’ टुर गर्दैछन् अनमोल?

अभिनेता अनमोल केसीले ‘मिट एण्ड ग्रिट’ टुर सुरु गर्ने भएका छन्। विश्वभर रहेका आफ्ना शुभेच्छुकहरूसँग साक्षात्कार गर्न अनमोलले यो टुर गर्ने तयारी गरेका हुन्।

मे महिनाबाट सुरु हुने यो टुर कतारबाट थालिनेछ। टुर हङकङ, जापान लगायत नेपालीहरूको बाक्लो उपस्थिति रहेका देशहरूमा हुने बुझिएको छ।

उनको साथमा बाबु भुवन केसी पनि रहने जानकारी छ।

‘छड्के २’ बक्स अफिसमा भएको अकल्पनीय असफलतापछि उनले ‘फर्की फर्की’ बाट सुखद पुनरागमन गरेका थिए।

हालै उनले आफ्नो महत्वाकांक्षी प्रोजेक्ट ‘जेरी अन टप’ को छायांकन सम्पन्न गरेका छन्। अनमोल यो फिल्मप्रति निकै आशावादी देखिन्छन्। यसै सन्दर्भमा, यो टुरले दर्शकमाझ आफूलाई पुनः स्थापित गर्दै आफ्नो पुरानो स्टारडम फर्काउने प्रयास हो भन्ने बुझ्न सकिन्छ।

उनको यो यात्राले आगामी रिलिज ‘जेरी अन टप’ को प्रचारमा प्रत्यक्ष सहयोग पुग्नेछ। हाललाई उनले कुनै नयाँ फिल्म साइन गरेका खबर बाहिर आएको छैन। स्रोतहरूका अनुसार उनी ‘जेरी अन टप’ प्रति विशेष उत्साहित छन् र यही प्रोजेक्टमा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन्।

केही समयअघि अनमोलले झापासँग सिमाना जोडिएको भारतको पश्चिम बंगाल राज्यको सिलगुढी सहरमा रहेको क्लब ग्र्याभिटी मा दर्शकहरूसँग साक्षात्कार गरेका थिए।

त्यहाँ उनलाई भेट्न ७ सयभन्दा बढी दर्शकहरू उपस्थित भएका थिए। उनले पछिल्लो फिल्म ‘फर्की फर्की’ को पात्र म्याडीकै अवतारमा इन्ट्री गरे भने, भुवन केसी ‘म हुँ नेपाली बाबु’ अवतारमा दर्शकमाझ उपस्थित भए।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti