‘सेन्टी भाइरस’मा देखिएको ५ वर्षपछि सीताराम कट्टेल- कुञ्जना घिमिरे उर्फ ‘धुर्मुस्-सुन्तली’को जोडी ‘पाँच पाण्डव’ फिल्मबाट पुनः पर्दामा एकसाथ आउने भएका छन्।
वसन्त निरौलाको निर्देशन रहने फिल्मले पारिवारिक कथा प्रस्तुत गर्नेछ । धुर्मुस र सुन्तली पक्का भइसकेको यो फिल्मका बाँकी कास्ट एण्ड क्रु भने निर्माण पक्षले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।
फिल्मलाई कल्याणी साखले निर्माण गर्नेछिन् ।
चलचित्र विकास बोर्डको अभिलेख अनुसार फिल्मको बजेट ३ करोड ३२ लाख रुपैयाँ रहनेछ ।