‘होस्टेल ३’ फेम रिहान गिरी तथा साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर ‘आहुति : द वे अफ चेन्ज’को छायांकन सुरु भएको छ ।
हाल फिल्मको पाँचथरको सुभाङम भैरहेको छ । फिल्ममा हर्के हल्दारको भूमिकामा चर्चित टेलिभिजन कलाकार विष्णु सापकोटाको पनि अभिनय छ ।
भवानी संग्रौलको निर्माण तथा निर्देशन रहने फिल्मको बजेट १ करोड २५ लाख बताइएको छ ।
साम्राज्ञी भने पछिल्लोपटक ‘लण्डन टु पेरिस’को शीर्ष भूमिकामा देखिएकी थिइन् भने रिहान गत वर्षमात्र ‘होस्टल ३’बाट डेब्यू भएका हुन् ।
‘आहुति’मा साम्राज्ञीको ग्रामीण महिलाको भूमिका रहेको छ । सुटिङ दौरानका सार्वजनिक भिडियोले उनको भूमिकाको खुलासा गरेको हो ।