‘के घर के डेरा: घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक ‘के घर के डेरा: घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा: घर नं २’ को पहिलो गीत सार्वजनिक गरिएको छ।

जेठ २ गते रिलिज हुने फिल्मको निर्माण पक्षले मंगलबार ‘आँखा’ बोलको गीत सार्वजनिक गरेको हो।

रिकेश गुरुङको स्वर रहेको गीतमा राम अविरल विष्टको शब्द र एसडी योगीको संगीत रहेको छ।
प्रेम जोडीको कथा बोल्ने लिरिकल गीतको भिडियोमा मुख्य कलाकार खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी फिचर छन्।

गीतको भिडियोमा प्रेमी–प्रेमिकाको आँखामा एकअर्काप्रतिको प्रेम भाव देख्न सकिन्छ, जसमा फिल्मका केही दृश्यहरू पनि समावेश गरिएका छन्।

फिल्म ‘के घर के डेरा: घर नं २’ एक सामाजिक ड्रामा हो।
यसको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ जस्ता चर्चित उपन्यासका लेखक बुद्धिसागरले लेखेका हुन्, र यो उनको पहिलो फिल्म स्क्रिप्ट हो।

फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, र सुरज विष्टलगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्टनटराज क्रिएसनको संयुक्त प्रस्तुति हो।
कृष्णबहादुर थापा फिल्मका सिनेम्याटोग्राफर हुन्।
निर्माताहरूमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्, भने कार्यकारी निर्माता युवराज कार्की हुन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti