कृषा-पुरुको यो भेट, के आगामी फिल्ममा अनमोल हुँदैछन् सेट? कृषा-पुरुको यो भेट, के आगामी फिल्ममा अनमोल हुँदैछन् सेट?

मेकिङका लागि चर्चा बटुलेको यस वर्षको अन्तिम रिलिज ‘पिताम्बर’का वितरकले मंगलबार मात्रै यो वर्षको फागुनमा नयाँ फिल्म आउने संकेत गर्दै निर्देशक कृषा चौलागाईं तथा सिनेम्याटोग्राफर एवम् सहनिर्माता पुरुषोत्तम प्रधानसँगको फोटो पोस्ट गरें।

सो फोटोको चर्चा सेलाउन नपाउँदै कृषा र प्रधानको अभिनेता अनमोल केसीसँगको फोटो सार्वजनिक भएपछि कृषाको आगामी फिल्ममा कतै अनमोल केसी त खेल्दै छैनन् भन्ने चर्चा सुरु भएको छ ।

तस्विरले एकप्रकारको तरंग ल्याएको भएपनि अनुमान गरिएझैं ठोस रुप लिने एकिन भइसकेको छैन् ।

चलेको चर्चालाई आधार मान्ने हो भने यो भेटमा कृषाले अनमोलसँग उनलाई गर्न मनलागेको सिनेमाका बारेमा सोधेकी थिइन् । त्यसको जवाफ अनमोलले के दिए भन्ने सार्वजनिक भएको छैन ।

हर उद्योगमा चलेको खासखुसका अनुसार अनमोलले केही दिनेमा कृषाको फिल्म साइन गर्ने चर्चा छ ।

यो चर्चाको अवतरण कुन प्रकारले हुनेछ केही समयमा सार्वजनिक हुने नै छ ।

आशा गरौं कृषाले सकारात्मक समाचार सार्वजनिक गर्नेछिन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti