‘ऐरी’मा प्रदीपसँग चुम दरङले रोमान्स गर्ने, सिक्दैछिन् नेपाली बोल्न ‘ऐरी’मा प्रदीपसँग चुम दरङले रोमान्स गर्ने, सिक्दैछिन् नेपाली बोल्न

छायांकन तयारीमा रहेको एक्सन फिल्म ‘ऐरी’मा अभिनेता प्रदीप खड्कासँग चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस’को सिजन १८की सहभागी एवं संजयलीला भन्सालीको फिल्म ‘गंगुबाई कठियाबाडी’मा अभिनय गरेकी चुम दरङले रोमान्स गर्ने भएकी छन् ।

चुमले सन् २०२० मा उनले अमेजन प्राइमको क्राइम थ्रीलर सिरिज ‘पाताल लोक’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । ‘ऐरी’ उनको पहिलो फिल्म हो ।

यसैगरी सन् २०२२ को फिल्म ‘बधाई दो’मा उनी भूमी पेड्नेकरसँग देखिएकी थिइन् । संजयलीला भन्सालीले निर्देशन गरेको सन् २०२२ को ‘गंगुबाई कठियाबाडी’मा उनी आलिया भट्टसँगै प्रस्तुत थिइन् । सन् २०२५ मा उनको बलिउड फिल्म ‘खौफ’ प्रदर्शन तयारीमा छ ।

फिल्मको कार्यशालाको लागि अभिनेत्री चुम यतिबेला काठमाडौंमा छिन् । फिल्म दुई सातापछि फ्लोरमा जाने तयारीमा रहेको छ ।

कार्यशालामा चुमले नेपाली भाषा सिकिरहेकी छिन् ।

यस्तै फिल्मको मुख्य खलपात्रमा भुटानी अभिनेता सांगे सेल्ट्रिमले अभिनय गर्ने भएका छन् । उनले शाहरुख खानको बलिउड फिल्म ‘जवान’मा काम गरिसकेका छन्। उनी पनि यो फिल्मका लागि केही समययता नेपाल आउनेजाने गरिरहेका छन् ।

काठमाडौंसहित बागलुङको ढोरपाटन र भारतमा ‘ऐरी’को छायांकन हुनेछ । ३ महिनाको सुटिङ तालिका सहित फ्लोरमा जान लागेको यो सिनेमालाे भिएफक्समा भने ८ महिना लगाउनेछ ।

नेपाली र हिन्दी भाषामा बन्ने यो फिल्मलाई केही क्षेत्रीय भाषामा पनि स्वरांकन गर्ने बताइएको छ ।

फिल्ममा प्रदीप, चुम र सांगेबाहेक सुनिल थापासमेतको प्रमुख भूमिका हुनेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti