रिलिज अगाडि खासै व्यापार गर्ने फिल्मको सूचिमा नराखिएको ‘अञ्जिला’ ५१ दिनको सन्निकट पुगेको छ ।
फिल्मले भोलि शुक्रबार आफ्नो प्रदर्शनको ५१ औं दिने पूरा गर्दैछ । हाल देशभर ४० माथिको शो चलिरहेको मिलन चाम्स निर्देशित फिल्म २०८० सालको सुपरहिट फिल्म हो ।
५१ दिनबाट एकदिन पर रहेको फिल्मले बुधबारसम्म ८ करोड ६५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
यो कमाइ सरकारको आधिकारिक बक्सअफिसको तथ्यांक अनुसार हो ।
फिल्म नेपालकी राष्ट्रिय टोलीकी महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ ।
फिल्ममा एन्जिलासहित दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ ।
फिल्मको कमाइबाट एन्जिलाको घर निर्माणमा पनि काम गर्ने निर्माताले घोषणा गरिसकेका छन्।