पलसँगै ‘महाराजधिराज’मा जोडिए रमेश उप्रेती पलसँगै ‘महाराजधिराज’मा जोडिए रमेश उप्रेती

फिल्म ‘महाराजधिराज’मा नायक रमेश उप्रेती अनुबन्ध भएका छन्। रमेश मुख्य भूमिकामध्ये एक भूमिकामा अनुबन्ध भएका हुन्।

रमेश लामो समयपछि फिल्ममा फर्किन लागेका हुन्। फिल्म ‘ऐश्वर्य’पछि उनी पहिलोपटक फिल्ममा काम गर्न लागेका हुन्। यसबीचमा केही फिल्ममा अनुबन्ध भए पनि रिलिज भएका छैनन्। केही गीतका भिडियोमा भने रमेश देखिएका छन्।

‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दै छन्।

फिल्म ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ। फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्ममा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्ने जानकारी निर्माणपक्षले यसअघि नै दिइसकेको छ।

पोस्टरमा पललाई दुई अलग चरित्रमा देखाइएको थियो। जहाँ उनी एउटामा वस्त्रविहीन अवस्थामा सिंहासनमा बसेका छन्। अर्कोमा उनको पात्र शिरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएका थिए।

फिल्ममा निर्देशक सेनको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रूपमा अब्बल ठहरिएको थियो।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो। फिल्मका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti