प्याट्रिक र रमेशले ‘चुले निम्तो’ बनाउने, दीपकले गर्नेछन् निर्देशन प्याट्रिक र रमेशले ‘चुले निम्तो’ बनाउने, दीपकले गर्नेछन् निर्देशन

‘पूर्णबहादुरको सारंगी’का दुई निर्माता प्याट्रिक सुवेदी (प्रतिक) र रमेश ढकालले फिल्म ‘चुले निम्तो’ निर्माण गर्ने घोषणा गरेका छन् ।

बुधबार अक्षय तृतीयाको अवसरमा थिम पोस्टर सार्वजनिक गर्दै उनीहरुले फिल्म निर्माणको घोषणा गरेका हुन् ।

पोस्टरलाई बिहेको निम्तो कार्डको डिजाइनमा बनाइएको छ ।

नेपाली फिल्मको डायस्पोरा वितरक सेभेन सिज इन्टरनेसनलको ब्यानरमा बन्ने यो फिल्मलाई दीपक वलीले निर्देशन गर्नेछन् ।

वलीले यसअघि ‘रोल्पा रोग’, ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकरण’ र ‘कृष्णलीला’ निर्देशन गरिसकेका छन्। फिल्मको स्क्रिप्ट महेश दवाडीको हो ।

 ‘कथाहरु माटोमा फुल्छन्, माटोमै फल्छन् अनि माटोमा नै फुलेका-फलेका कथाहरु हामी माटो नबिर्सिएकाहरुलाई बेस्सरी मगमग बसाउँछ । ‘चुले निम्तो’ एउटा यस्तै माटोको कथा हो । जसले हाम्रै कथा भन्छ, हाम्रै शैलीमा भन्छ, बेस्सरी पेट मिचिमिची खित्का छोड्दै हँसाउँदै भन्छ’, फिल्मको घोषणा गर्दै निर्देशक वलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

फिल्मको छायांकन आगामी तिहारपछि सुरु गरिने निर्देशक वलीले जानकारी दिए ।

२ करोड बजेट अनुमान गरिएको फिल्मको छायाँकन तिहारपछि हुनेछ । फिल्म कमेडी जनरामा बन्नेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti