‘अभिमन्यु’को छायांकन २५ दिनमा प्याकअप ‘अभिमन्यु’को छायांकन २५ दिनमा प्याकअप

‘अभिमन्यु’ फिल्मको छायांकन सम्पन्न भएको छ । चैत १९ गते फ्लोरमा गएको फिल्म २५ दिनमा प्याकअप भएको जानकारी निर्माणपक्षले जनाएको छ ।

डेब्यू निर्देशक सुशान्त गौतम निर्देशित फिल्ममा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।

‘अभिमन्यु’लाई सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेका हुन् । पौडेलले ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुने बताएका छन् ।

फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्ष प्रस्तुत गर्ने उल्लेख गरिएको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्कन संघर्ष गर्ने पात्रको कथा यस फिल्मको मुख्य विषयवस्तु हो ।

फिल्मको लेखन मुकेश खनालले गरेका हुन् भने क्रिएटिभ निर्देशक मदन थापा रहेका छन् । थापाले यसअघि फिल्म ‘बाटो: रोड टु डेथ’ निर्देशन गरेका थिए ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेका फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माताको रूपमा रहेका छन् । फिल्मको छायांकन (डिओपी) शरद महतोले गरेका छन् ।

‘अभिमन्यु’ नेपाली र हिन्दी भाषामा एकैसाथ विश्वभर रिलिज गरिने बताइएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti