जेठ ३ मा को बन्ला बबाल पर्फर्मर — नोरा कि दुर्गेश? जेठ ३ मा को बन्ला बबाल पर्फर्मर — नोरा कि दुर्गेश?

भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेठ ३ गते नेपाल आउने भएकी छन्।

शिक्षाबाट वञ्चित बालबालिकाका लागि काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना गरिने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउँदैछिन् भन्ने जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको हो।

वर्ल्ड फिल्मस् नेटवर्क प्रालिको आयोजनामा हुन लागेको उक्त कार्यक्रमका अध्यक्ष देव मगर हुन्।

कार्यक्रममा नेपाली कलाकारहरू गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा, साथै भ्वाइस अफ नेपाल सिजन ६ का शीर्ष फाइनलिस्टहरू इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डे लगायतले प्रस्तुति दिने जानकारी आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले पत्रकार सम्मेलनमा दिएका छन्।

कार्यक्रमको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ। कार्यक्रमका लागि भारतको मुम्बईबाट अभिनेत्री फतेहीसहित २० भन्दा बढी नृत्याङ्गना नेपाल आउने आयोजकले जनाएका छन्।

कार्यक्रममा नोरा फतेही र दुर्गेश थापाले ‘दुश्मन हेरेको हेरै’ गीतमा संयुक्त प्रस्तुति दिने भएका छन्, जसले इभेन्टलाई झनै आकर्षक बनाउने आयोजकको विश्वास छ।

अभिनेत्री फतेहीका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ जस्ता गीतहरू भारतसँगै नेपालमा पनि अत्यन्त लोकप्रिय छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti