मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५ को फिनाले बुधबार हुँदै मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५ को फिनाले बुधबार हुँदै

सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५ को फिनाले बुधबार हुँदैछ।

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताको चौथो संस्करणमा विजेताहरूको घोषणा गरिनेछ।

यस वर्षको फिनालेमा महिला र पुरुष गरी २७ जना प्रतिस्पर्धी सहभागी छन्। उनीहरूले ६ वटा अन्तर्राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। ती उपाधाहरूमा मिस सुप्रानेसनल, मिस्टर सुप्रानेसनल, मिस ग्लोब, मिस इन्टरनेसनल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिज्म र मिस इन्टरकन्टिनेन्टल पर्छन्।

यसअघि प्रतियोगिताका सब-टाइटल राउन्डहरू सम्पन्न भइसकेका छन्, जहाँ उत्कृष्ट प्रतिस्पर्धीहरूको नाम पनि घोषणा गरिएको छ।

टप मोडल राउन्डमा महिलातर्फ रिजु भट्टराई, वर्षा थापा, युक्ता सिंह, अनिशा श्रेष्ठ, दिक्षा अवस्थी, रविना जिसी, सिल्भिया शर्मा र सुम्निमा पुरी टप ८ मा परे। पुरुषतर्फ सिद्धार्थ तामाङ, साइरस विश्वकर्मा, अजहार आलम, जीवन कुमार उप्रेती, तेस्वाङ शेर्पा, सिजल कापली, प्रयाग रेग्मी र क्रिशल श्रेष्ठ छनोट भए।

स्विमवेयर राउन्डमा महिलातर्फ सुम्निमा पुरी, सिल्भिया शर्मा, अनिशा श्रेष्ठ, दिक्षा अवस्थी, रिजु भट्टराई, रविना जिसी, अञ्जना शेर्पा र मनिषा पन्त टप ८ मा परे। त्यस्तै, पुरुषतर्फ जीवन तामाङ, मनिश शाह, सिद्धार्थ तामाङ, साइप्रस विश्वकर्मा, सिजल कापली, घनश्याम कंडेल, प्रयाग रेग्मी र क्रिशल श्रेष्ठले स्थान बनाए।

आइतबार सम्पन्न ट्यालेन्ट राउन्डमा पुरुषतर्फ जीवन कुमार उप्रेती, साइप्रस विश्वकर्मा, क्रिशल श्रेष्ठ, सिजल कापली र सिद्धार्थ तामाङ टप ५ मा परे। महिलातर्फ दिक्षा अवस्थी, सुम्निमा पुरी, युक्ता सिंह, रिजु भट्टराई र स्वेच्छा ढकाल शीर्ष पाँचमा परे।

सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनल नेपाल का राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्यायले यस वर्षको संस्करणबाट निकै आशावादी रहेको बताए। उनले यस वर्षको फिनाले अझ भव्य हुने दाबी पनि गरे। नोभेम्बर क्लोथिङ को चौथो सिजनमा ट्रु डर्मामहिन्द्रा अग्नि समूह सहकार्यकर्ता रहेका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti