अष्ट्रेलियापछि धम्पुस सेड्यूलमा धमाधम ‘पीआर’को छायांकन अष्ट्रेलियापछि धम्पुस सेड्यूलमा धमाधम ‘पीआर’को छायांकन

निर्देशक शोभित बस्नेतको फिल्म ‘पीआर’को दोस्रो सेड्युल धम्पुसबाट सुरु भएको छ। अष्ट्रेलियामा ६० प्रतिशत छायांकन सम्पन्न गरेको निर्माण टिमले बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो।

सोमबार निर्माण टिमले फिल्मको एक बिहे दृश्य खिचेको छ, जहाँ दिक्पाल कार्की, नीर शाह, गौरी मल्ल र बिनिता कार्की देखिन्छन्।

निर्देशक बस्नेतले फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलियामा र बाँकी दृश्य नेपालमा खिच्ने सेड्युल अनुसार नै काम भइरहेको बताए। उनले यसबेला कास्कीको धम्पुसमा धमाधम छायांकन भइरहेको जानकारी दिए। उनका अनुसार फिल्मको छायांकन धम्पुसका अतिरिक्त पोखरा, चितवन लगायतका स्थानमा पनि हुने छ।

फिल्मको कथाअनुसार नै छायांकन भइरहेको निर्देशक बस्नेतले बताए। केही दिनअघि मात्र उनी अष्ट्रेलियामा छायांकन सकेर नेपाल फर्किएका हुन्।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भइरहेको यस फिल्ममा नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, उत्तम केसी, आर.ए. सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल लगायत कलाकारको अभिनय रहने छ।

यस फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेका छन्। फिल्ममा मानस राज र भीम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद समावेश छन्।

त्यस्तै, फिल्मको छायांकन सौरभ मानन्धर (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल) ले गरेका छन् भने बन्दे प्रसादको सम्पादन रहेको छ। मुख्य सहायक निर्देशकमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ रहेका छन्। निर्माण व्यवस्थापकमा केवल मानसिंह बस्नेत छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti