प्रदीप र गौरव शर्मिलाको फिल्ममा प्रदीप र गौरव शर्मिलाको फिल्ममा

निर्मात्री शर्मिला पाण्डेले नयाँ फिल्म बनाउने तयारी गरेकी छिन्। छोरा सुरज पाण्डेले नै निर्देशन गर्ने नयाँ फिल्मको काम अगाडि बढेको निर्मात्री पाण्डेले बताएकी छन्।

यसअघि उनले फिल्म ‘लभ लभ लभ’, ‘आमा’, ‘परस्त्री’ लगायत निर्माण गरिसकेकी छिन्।

उनले भने, “निर्माण गर्न लागेको नयाँ फिल्मलाई मेरा छोरा, निर्देशक सुरज पाण्डेले निर्देशन गर्नेछन्। सुरजले फिल्म ‘परस्त्री’ निर्देशन गर्दै निर्देशनमा डेब्यू गरेका थिए।”

यो फिल्मका लागि आज नायक प्रदीप खड्का र गौरव बिष्टसँग कुराकानी गरिएको छ। प्रदीपसँग भेटपछि निर्मात्री पाण्डेले भनिन्, “प्रदीपजीले ६ महिनापछि समय दिन सक्छु भन्नुभयो। केही समयपछि अमेरिका गएर सुरजसँग भेट गर्ने र स्क्रिप्ट पनि सुन्ने कुरा गर्नुभएको छ। हामी फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा नै गर्नेछौं।”

शर्मिलाका अनुसार, यो फिल्ममा २ जना नायक हुनेछन्। गौरवलाई लिएर शर्मिलाले फिल्म ‘परस्त्री’ निर्माण गरेकी थिइन्। यस्तै, गौरव र प्रदीपले फिल्म ‘पिताम्बर’मा पनि सहकार्य गरेका थिए।

शर्मिला पाण्डे नेपाली फिल्म क्षेत्रकी लागि एक स्थापित नाम हुन्। केही फिल्म बनाएसँगै उनी चर्चामा छिन्। अब, प्रदीप र गौरवलाई लिएर उनी नयाँ फिल्म बनाउन तम्सिएकी छिन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti