नयाँ घरबार गर्दै ‘मुनामदन’ फेम उषा पौडेल, यी हुन् दुलाहा नयाँ घरबार गर्दै ‘मुनामदन’ फेम उषा पौडेल, यी हुन् दुलाहा

महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कृति ‘मुना मदन’मा आधारित सोही नामको फिल्मबाट परिचित भएकी अभिनेत्री उषा पौडेलले नयाँ घरबार गर्न लागेकी छन्।

उनी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन्।

सार्वजनिक भएका खबरअनुसार उनले २८ अप्रिलमा अदालती विवाह गरिसकेकी छन् भने धार्मिक परम्पराअनुसार वैशाख २८ गते विवाह गर्दैछिन्।

दोस्रो घरबार जमाउनका लागि उनले राहुल केसीलाई रोजेकी हुन्। राहुलको पनि यो दोस्रो विवाह हो।

उनको पहिलो घरबारबाट एक छोरा र एक छोरी छन्।

अमेरिकामै बस्दै आएका राहुल पनि कलाकार तथा मोडल हुन्।

राहुलले ‘किसान’ र ‘नागरिक’ फिल्मसहित दर्जनजति म्युजिक भिडियोमा अभिनय गरेका छन् भने हाल ईनाश अमेरिका नेशनल कमिटीका अध्यक्ष हुन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti