विरलै हुनेगर्छ यस्तो, ‘नरसिंहाः अवतार’को ट्रेलर १५ मिनेटमै ट्रेन्डिङमा, हेर्नुस् छ कस्तो ? विरलै हुनेगर्छ यस्तो, ‘नरसिंहाः अवतार’को ट्रेलर १५ मिनेटमै ट्रेन्डिङमा, हेर्नुस् छ कस्तो ?

‘नरसिंहाः अवतार’को ट्रेलर रिलिज, १५ मिनेटमै ट्रेन्डिङमा

महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ को ट्रेलर सार्वजनिक गरिएको छ। आज काठमाडौंको सिभिल मलमा आयोजित कार्यक्रममा एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रित उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजीवजंग बस्नेत, प्रकाशजंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारको अभिनय रहेको छ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्ममा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, तथा राजु थापाको छायांकन (DOP) रहेको छ। सार्वजनिक भएको १५ मिनेटमै ट्रेलर युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ, जसबाट दर्शकको उच्च उत्साह झल्किन्छ।

फिल्मका वीएफएक्स समिर मियाले गरेका छन् भने सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन्। वसन्त अधिकारी एसोसिएट निर्देशक हुन्। फिल्मको लगानी नेम महर्जनको रहेको छ। निर्माता दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने हुन्।

ट्रेलरमा राजेश हमाल र राज कटुवालको दमदार एक्सन देख्न सकिन्छ, जुन दर्शकले अत्यधिक मन पराउने संकेत मिलेको छ। पारिवारिक कथाले दर्शकको मन छुने निश्चित देखिन्छ। यही कारणले जेठ ९ गते रिलिज हुन लागेको यस फिल्मले बक्स अफिसमा धमाकेदार ओपनिङ गर्ने अड्कल गरिएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti