हाल अमेरिका बस्दै आइरहेकी अभिनेत्री रञ्जना शर्मा पुनः आमा बन्न लागेकी छन् ।
उनी दोश्रो सन्तानको आमा बन्न लागेकी हुन् । यसअघि उनी छोराको आमा बनिसकेकी छन् । हाल निकेश सिलवालसँग वैवाहिक जीवन विताइरहेकी रञ्जना ‘धुर्वतारा’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू भएकी थिइन् ।
उनी ‘मौसम’ फिल्मका लागि चर्चित बनिन् ।
त्यसअघि उनी अभिनित ‘जानकी’ टेलिश्रृखंला समेत कुनै समय परिचित बनेकी थिइन् ।
केही समय अगाडि उनको एक विवादित भिडियो भाइरल बनेको थियो ।