‘जारी २’को शुभमुहूर्तसँगै छायाँकन सुरु ‘जारी २’को शुभमुहूर्तसँगै छायाँकन सुरु

उपेन्द्र सुब्बाको निर्देशन रहने फिल्म ‘जारी २’को शुभमुहूर्त गरिएको छ।

फिल्मको आज औपचारिक शुभमुहूर्त गरिएको हो। शुभमुहूर्तसँगै छायांकन पनि सुरु भएको छ। फिल्मको छायांकन पाँचथरबाट सुरु गरिएको निर्माण पक्षले जनाएको छ। सम्पूर्ण छायांकन पाँचथर जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यहरूमा हुनेछ।

‘जारी २’ फिल्म ‘जारी’को सिक्वेल हो।

यस फिल्मको फर्स्टलुक यसअघि नै सार्वजनिक भइसकेको छ। दशैंको अवसर पारेर प्रदर्शन घोषणा गर्दै ‘जारी २’को फर्स्टलुक सार्वजनिक गरिएको थियो।

फर्स्टलुकमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ। यस फिल्मको स्लोगन ‘Song of Chyabrung’ राखिएको छ।
‘जारी २’मा २०८० सालको ब्लकबस्टर फिल्म ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले नै लेखन र निर्देशन गरेका हुन्।

कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको पहिलो फिल्म ‘जारी’ले नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढीको व्यापार गरेको थियो।

फिल्ममा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा देखिनेछन्।

साथै बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय रहनेछ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मका निर्माता रामबाबु गुरुङ हुन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti