अकला मन्दिरमा पूजा गरी सुरु गरियो ‘शिवांश : च्याप्टर–१’को सुटिङ अकला मन्दिरमा पूजा गरी सुरु गरियो ‘शिवांश : च्याप्टर–१’को सुटिङ

फिल्म ‘शिवांश : च्याप्टर–१’को छायांकन सुरु भएको छ। पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी फिल्मको छायांकन सुरु गरिएको हो।

निर्माणको घोषणा गरिएको छोटो समयमै छायांकन सुरु भएको ‘शिवांश : च्याप्टर–१’ पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना खिचिने निर्माता अञ्जान केसीले जानकारी गराए।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोष कुमार आत्रेय छन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। फिल्ममा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत कलाकारको अभिनय रहनेछ।

फिल्मको कथा अञ्जान केसीले लेखेका हुन्। निर्माता पनि उनी स्वयं हुन्। फिल्मका सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। स्क्रिनप्ले बारत लिम्बूको रहेको छ।

केही समयअघि निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएका थिए। उनी शक्ति संघर्षमा विरोधीको नियन्त्रणमा रहेको पोस्टरमा उल्लेख थियो।

फिल्मको कथाबारे निर्माण पक्षले हालसम्म केही जानकारी दिएको छैन।

असोज २४ गते रिलिज हुने फिल्ममा विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि अभिनय रहनेछ।

फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना रहनेछ। संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको रहनेछ। स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहनेछ।

फिल्ममा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियोग्राफर विक्रम चोहान रहनेछन्। मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने फिल्ममा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी रहनेछन्।

विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको फिल्ममा भीएफएक्स प्रोड्युसरका रूपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) रहनेछन्। कस्ट्युम कमल मिश्रको हुनेछ। एमयूए तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईको रहनेछ।

बारत लिम्बू मुख्य सहायक निर्देशक रहने फिल्ममा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन्। सरद महतोको डीओपी रहने फिल्मका कार्यकारी निर्माता सम्भू थापा हुन्।

फिल्म चौतारीले पोस्ट प्रोडक्सनको काम गर्नेछ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन) ले गर्नेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti