कतारमा हुने ‘म्यूजिकल हंगामा–२०२५’ मा अनमोलले ‘मिट एण्ड ग्रिट’ गर्दै कतारमा हुने ‘म्यूजिकल हंगामा–२०२५’ मा अनमोलले ‘मिट एण्ड ग्रिट’ गर्दै

अभिनेता अनमोल केसी कतारको दोहास्थित एसियन एम्फिथिएटरमा १५ हजार दर्शक सामु हुने ‘म्यूजिकल हंगामा–२०२५’ मा सहभागी हुने भएका छन्।

अनमोल केसीको ‘मिट एण्ड ग्रिट’ कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउन यो सहकार्य गरिन लागेको जनाइएको छ।

रामी प्रोडक्सन इन्टरनेशनल इभेन्टको निमन्त्रणा अनुसार कार्यक्रममा सहभागी हुन अनमोल जुन ५ मा कतार प्रस्थान गर्नेछन् भने कार्यक्रम जुन ६ मा हुनेछ। कार्यक्रममा अनमोल आफ्ना प्रिय दर्शकहरूसामु आफ्नो पछिल्लो रिलिज ‘फर्की फर्की’ को म्याडी लुक्समा प्रस्तुत हुनेछन्।

कार्यक्रममा उनलाई आयोजक रामी प्रोडक्सनले नेपालका लोकप्रिय कलाकारको अवार्ड पनि प्रदान गर्ने कार्यक्रम रहेको छ।

यो कार्यक्रममा अनमोलका अलावा नेपाल तथा भारतका भोजपुरी कलाकारहरूले पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ। नेपालको तर्फबाट पल शाह, स्वस्तिमा खड्का, अस्मिता अधिकारी, जिया केसी र भुवन केसीले छुट्टाछुट्टै प्रस्तुति दिनेछन्।

भोजपुरी तर्फबाट खेसारी लाल र ब्याण्ड, आम्रपाली दुबे तथा सान्नु कुमारले आफ्नो प्रस्तुति दिनेछन्।

जुन ७ मा अनमोलले केही नेपाली व्यवसायीहरूसँग याटमा निजी भेटघाट गर्ने तालिका रहेको छ। कार्यक्रम सकिएपछि अनमोल जुन ८ मा नेपाल फर्किनेछन्।

नेपाल फर्किएपछि अनमोल आफ्नो होम प्रोडक्सनको फिल्ममा व्यस्त हुनेछन्, जसका कारण हाल चलिरहेको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम केही समयका लागि स्थगित हुनेछ।

त्यसपछि, ‘जेरी अन टप’ को प्रिमियरका लागि अनमोल जापान जाने कार्यक्रम रहेको छ। सोही अवसरमा उनले अर्को मितिमा त्यहाँ पनि ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गर्ने योजना बनाएका छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti