‘के घर के डेरा: घर नं २’सँगै हलमा लागे ३ नयाँ फिल्म ‘के घर के डेरा: घर नं २’सँगै हलमा लागे ३ नयाँ फिल्म

आज शुक्रबारदेखि नेपाली वक्सअफिसमा ३ नयाँ फिल्म लागेका छन् । ३ फिल्ममध्ये दुई नेपाली र१ हलिउड फिल्म रिलिज भएका हुन् ।

नेपालीतर्फ ‘के घर के डेरा: घर नं २’ र ‘हेल्लो काँशीराम’ रिलिज भएका छन् भने विदेशीतर्फ हलिउड फिल्म ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन’ रिलिज भएको हो ।

‘के घर के डेरा: घर नं २’ दीपेन्द्र के खनाल निर्देशित फिल्म हो ।

फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रूविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ।

यसैगरी ‘हेल्लो काँशीराम’ रिम विश्वकर्माको लेखन र निर्देशनमा बनेको फिल्म हो । फिल्मले बेरोजगार युवाको कथा भन्छ। फिल्ममा दिलिप रायमाझी, प्रियंका कार्की, नवज्योती रसाइली, उमेश राई, अर्जुन गुरूङ, लक्ष्मी भुसाल लगायत कलाकारको अभिनय छ।

यसैगरी ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन’ ज्याक लिपोभस्कीएडम र बी स्टेन निर्देशित बहुप्रतिक्षित फिल्म हो ।

फिल्ममा ब्रेक बासिङ्गर, टोनी टोड र रिचर्ड हार्मोनको मुख्य भूमिका छ। फिल्म हरर जनरामा निर्माण भएको हो ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti