अभिनेता प्रदीप खड्काको बहुभाषिक फिल्म ‘ऐरी’को छायांकन सुरु गरिएको छ । बिहिबारबाट फिल्मले आफ्नो छायाँकन थालेको हो ।
फिल्मका निर्देशक जीवन थापाका अनुसार फिल्मको पश्चिम बागलुङको ढोरपाटन उपत्यकाबाट छायाँकन थालिएको हो ।
ढोरपाटनमा ४५ दिनको छायाँकन तालिका रहेको फिल्मको छायांकन सेटमा अभिनेता खड्का र नायिका चुमले काम सुरु गरेका छन् ।
२० दिनपछि सेटमा भुटानी कलाकार साँगे सेल्ट्रिम जोडिने र केही दिनमा नायक धिरज मगर छायांकन सेटमा जोडिनेछन् ।
ढोरपाटनपछि काठमाडौं र भारतमा फिल्मको बाँकी छायाँकन गरिनेछ ।
२५ करोडको अनुमानित बजेट रहेको फिल्मको छायांकन तालिका ३ महिनाको रहेको छ ।
यसैगरी छायाँकन पश्वात फिल्मको भीएफएक्सका लागि आधा बर्ष बढी समय खर्च हुनेछ ।
फिल्म नेपाली र हिन्दी भाषामा रिलिज गरिनेछ ।