‘मोहर’को शीर्ष गीतमा यस्तो हुनेछ पल र नीतिको रोमान्स ‘मोहर’को शीर्ष गीतमा यस्तो हुनेछ पल र नीतिको रोमान्स

नायक पल शाह र नायिका नीति शाहले फिल्म ‘मोहर’को शीर्ष गीतको छायांकन सम्पन्न गरेका छन्। उक्त गीतको छायांकन चितवन र नवलपरासीका विभिन्न स्थानमा गरिएको हो।

निर्माण पक्षले पाँच दिन लगाएर छायांकन गरेको यस गीतमा पल र नीति रोमान्टिक अवतारमा देखिएका छन्।

‘चाहिदैन मोहर’ बोलको यस गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द रचना, र शरद हुमागाँई तथा विशाखा शाहीको स्वर रहेको छ। भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

यो गीत केही हप्ताभित्र सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको छ। गीतमा थारु संस्कृति समेत समावेश गरिएको छ।

**फिल्म मेकर्स प्रा.लि.**को ब्यानरमा निर्माण भएको यो फिल्म साउन २३ गतेबाट प्रदर्शनमा आउनेछ। ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन्।

फिल्ममा पल र नीतिसँगै बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र सारा शर्माको पनि अभिनय रहेको छ।

दिपेन बस्न्यातको छायांकन, कुमार महर्जनको एक्सन निर्देशन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द रचना फिल्ममा समावेश छन्। फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् भने निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

फिल्मका केही तस्वीर र फस्टलुक सार्वजनिक भएसँगै दर्शकको चासो फिल्मप्रति थप बढेको देखिन्छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti