‘महाराजधिराज’मा वर्षा राउतको प्रवेश ‘महाराजधिराज’मा वर्षा राउतको प्रवेश

फिल्म ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन् । स्टारकास्ट अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ले राउतलाई अनुबन्ध गरेको हो ।

हालसम्मको कलाकार लाइनअप हेर्दा ‘महाराजधिराज’मा स्टारकास्टको भीड लाग्ने देखिन्छ । यसअघि नै नायिका वर्षा शिवाकोटी अनुबन्ध भइसकेकी छन् ।

आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह पनि यसअघि नै अनुबन्ध भइसकेका छन् । जयकिशन बस्नेतले समेत ‘महाराजधिराज’मा साइन गरिसकेका छन् ।

‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दै छन् । फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ ।

यो फिल्म फूलपातीमा प्रदर्शन हुनेछ । फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रूपमा अब्बल ठहरिएको थियो ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्डसमेत जितेको थियो ।

फिल्मका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti