विश्वप्रसिद्ध कान फिल्म फेस्टिभलको रेडकार्पेटमा अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही सहभागी भएका छन् । उनीहरू नेपाली समयानुसार सोमबार बिहान आयोजित फ्रान्सेली फिल्म ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’ (रिचेस्ट वुमन इन द वर्ल्ड )को प्रिमियरमा सहभागी भएका हुन् ।
प्रदीप कालो सुट, कालो चस्मा र लामो कपालमा रेडकार्पेटमा देखिएका थिए भने निर्देशक शाही कालो पाइन्ट र रातो कोटमा थिए । उनीहरुका अलावा टिमका केही सदस्य पनि रेडकार्पेटमा देखिए ।
कानको ग्राण्ड थिएटर लुमियरमा थिएरी क्लिफा निर्देशित फिल्मको प्रिमियर भएको थियो ।
प्रदीप अभिनित र शाही निर्देशित ‘एक्लो’ यतिबेला कान्स मार्केटमा सहभागी छ । निर्देशक शाही चाहिँ कान प्रोड्युसर्स नेटवर्कमा सहभागी भएका हुन् । यी दुईजना ‘एक्लो’ प्रवर्धनको लागि कान्समा पुगेका हुन् ।