थिम पोस्टर रिलिज गर्दै ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा थिम पोस्टर रिलिज गर्दै ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा

फिल्म ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ। मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन्। चौहान अहिलेको प्रतिक्षित फिल्म ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक हुन्। यो चौहानको डेब्यु निर्देशन हो।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’मा को–प्रोड्युसरको रूपमा रमन ग्रे रहनेछन्। फिल्मको छायांकन नरेन्द्र मैनालीले गर्नेछन्।

‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन्।

फिल्मको थिम पोस्टरमा नामजस्तै निलो रङको बीचमा एक बालिका उभिएकी देखिन्छिन्। उनको शरीरको कम्मरदेखि माथिको पछिल्लो भाग मात्र देखिन्छ। जुङरुङ्ग कपाल छ। उनको अगाडि निलो रङ देखिन्छ, जुन निलो बादलजस्तो पनि लाग्छ। बालिकाको गेटअप र अवस्था हेर्दा उनी मानसिक रूपमा अस्थिर (विछिप्त) हुन सक्ने अनुमान गर्न सकिन्छ, तर यो स्पष्ट छैन।

निर्देशकले थिम पोस्टरले भन्न खोजेको सन्देश वा फिल्मको कथा खुलाएका छैनन्।

उनले कलाकारबारे पनि कुनै जानकारी दिएका छैनन्। केही समयपछि कलाकारहरूको लाइनअप सार्वजनिक गर्ने निर्देशक चौहानले बताएका छन्।

“हामी विस्तारै फिल्मबारे थप जानकारी दिँदै जानेछौँ। कलाकारका लागि पनि केहीसँग कुरा भइरहेको छ, फाइनल भएपछि जानकारी दिनेछौँ,” निर्देशक चौहानले भने, “अहिले बनारमा नाम चलेका प्रमुख कलाकारहरू नै हाम्रो फिल्ममा हुनुहुनेछ।”

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti