एक दिनको फरकमा अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमालको सफल आरोहण गरेकी छन् ।
आइतबार सगरमाथा आरोहण गरेकी कविताले तथा सोमबार अर्को ८ हजार मिटरभन्दा अग्लो ल्होत्से हिमाल पनि आरोहण गरेकी हुन् ।

निर्मल पूर्जाको कम्पनी एलिट एक्सिपीडिसनले सामाजिक संजालबाट कविताको हिमाल आरोहण पुष्टि गरेको छ ।
आइतबार कवितासहित ९ जना विदेशी एकैसाथ सगरमाथाको चुचुरोमा पुगेका थिए ।
सर्लाहीकी कविता अन्तर्राष्ट्रिय रियालिटी शो ‘बुगी उगी’को नेपाली संस्करणकी विजेता हुन् ।