‘होस्टेल ३’ टिमको नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’, कोको दोहोरिएलान् ? ‘होस्टेल ३’ टिमको नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’, कोको दोहोरिएलान् ?

नेपाली फिल्म क्षेत्रको सफल प्रस्तुति ‘होस्टेल ३’ले सिर्जना गरेको उत्साह अझै सेलाउन नपाउँदै, सोही सृजनात्मक टिमले फेरि नयाँ र विचारोत्तेजक कथा लिएर आउने घोषणा गरेको छ। टिमले बुधबार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ फिल्मको घोषणा गरेको हो, जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ।

यो फिल्मले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकरावलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले बताए। फिल्मको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताका सोचलाई ‘X Generation बाउ’ र ‘Z Generation छोरा’ भनेर चित्रण गरिएको छ, जसको डिजाइन रोयल भीमसेनले गरेका हुन्। नेपाली समाजमा बढ्दो पुस्तागत टकराव र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए। फिल्मले केवल बाउ र छोराबीचको भौतिक दूरी होइन, सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई पनि केन्द्रमा राख्ने उनले स्पष्ट पारे।

यसअघि ‘होस्टेल ३’ माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको थियो, जसले प्रदर्शनको ५१ दिन पूरा गरेको थियो। ‘बाउ भर्सेस छोरा’को थप विवरण—कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे—निर्माण टिमले चाँडै जानकारी दिने जनाएको छ।

यो फिल्मका कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। फिल्मको स्क्रिप्ट अहिले अन्तिम चरणमा रहेको जनाइएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti