सकियो “बाल फिल्म महोत्सव, इलाम” सकियो “बाल फिल्म महोत्सव, इलाम”

फिल्म विकास बोर्डको आयोजनामा, इलाम नगरपालिकाको सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित “बाल फिल्म महोत्सव, इलाम” जेठ ५ गतेदेखि सुरु भएको थियो भने शुक्रबार समापन समारोह विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। सिनेमा, शिक्षा र पर्यटनको त्रिकोणात्मक समन्वयमा केन्द्रित यो महोत्सवले इलामलाई फिल्म निर्माण र प्रदर्शनको सम्भावनायुक्त केन्द्रका रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण भूमिका खेलेको छ।

मुख्य गतिविधिहरू:

• बाल फिल्म निर्माण प्रशिक्षण कार्यशालामार्फत ३७ जना विद्यार्थीलाई फिल्म लेखन, निर्देशन र अभिनयको व्यावहारिक प्रशिक्षण दिइयो। विशिष्ट कलाकार बद्री अधिकारीको निर्देशनमा उनीहरूको लेखन र अभिनयमा तयार लघु फिल्म “हजार सपनाहरू” को प्रभावशाली प्रदर्शनले सृजनशीलता र आत्मविश्वासको सन्देश दियो।

• सिनेमा साक्षरता अभियान अन्तर्गत ‘घुम्ती सिनेमा’ इलाम बजार र श्रीअन्तुका विद्यालयहरूमा सडकछेउ प्रदर्शन गरियो, जसमा सर्वसाधारणदेखि विद्यार्थी र अभिभावकले फिल्म हेर्ने नयाँ अनुभव पाए। इलामकी फुटबलर एञ्जिला तुम्बापोको जीवनीमा आधारित फिल्म “एञ्जिला” निर्माता तथा निर्देशकको उपस्थितिमा इलाम बजार चोकको एलईडी स्क्रिनमा प्रदर्शन गरिएको थियो।

• बाल फिल्म प्रदर्शनी अन्तर्गत “शिलावाला”, “घुर्रा”, “द स्कुल वाल” र “पाउलो” जस्ता फिल्महरू गौतम बुद्ध हलमा प्रस्तुत गरिए।

• ‘सेलिब्रेटीसँग बालबालिका’ कार्यक्रम अन्तर्गत बसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, सन्तोष लोहनी, लन चाम्स, प्रेमकुमार श्रेष्ठ, श्रीदेव भट्टराई, बालकृष्ण निरौला, दिनेश डिसी, जनकदीप पराजुली, पुनम क्षेत्री लगायतले बालबालिकासँग खुला संवाद गरे।

शुक्रबार सम्पन्न समापन समारोह इलाम नगरपालिकाको सभाहलमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा उपस्थित इलाम नगरपालिकाका मेयर केदार थापा, उप–मेयर विष्णु कुमारी लिम्बु, वडाध्यक्षहरू, विभिन्न विद्यालयका शिक्षक–विद्यार्थी, अभिभावक तथा विशिष्ट कलाकार र फिल्मकर्मीहरू — बसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, राधेश्याम लेकाली, जनकदीप पराजुली, पुनम क्षेत्री, श्रीदेव भट्टराई आदिको उल्लेखनीय सहभागिता रह्यो।

इलाम नगरपालिका परिसरमा प्रदेश सरकारको सहयोगमा निर्माणाधीन दुई फिल्म घरको प्रवर्द्धनमा समेत यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

समापन समारोहमा बोल्दै मेयर थापाले भने, “इलामको सांस्कृतिक र प्राकृतिक सुन्दरतालाई फिल्ममार्फत देश–विदेशमा चिनाउन यस्ता महोत्सव प्रभावकारी छन्। यहाँ छायांकन गर्न चाहने फिल्मकर्मीलाई नगरपालिकाले पूर्ण सहजीकरण गर्छ।”

फिल्म विकास बोर्डका अध्यक्ष श्री दिनेश डिसीले भने, “फिल्मले सिर्जना मात्रै होइन, शिक्षा र पर्यटनलाई पनि समेट्न सक्छ भन्ने उदाहरण इलामको महोत्सवले प्रस्तुत गर्‍यो। यो महोत्सव कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचार–प्रसारमा पनि सहयोगी हुने विश्वास लिएको छु।”

पर्यटन प्रवर्द्धनमा सेलिब्रेटीहरूले “फिल्म छायांकनको लागि इलाम” लेखिएको टिसर्ट लगाएर इलामको भ्रमण गरे, जसले छायांकनका लागि इलाम उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गर्‍यो।

फिल्म विकास बोर्डको नेतृत्वमा सम्पन्न यो महोत्सवले बालबालिकाको सृजनात्मक क्षमता विकास, स्थानीय स्तरमा सिनेमा चेतना अभिवृद्धि, र इलामको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

फिल्मबाट सिर्जना र पर्यटन प्रवर्द्धनको सन्देश: इलाममा बाल फिल्म महोत्सव भव्य रूपमा सम्पन्न

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti