अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुन जापान उड्यो ‘पिताम्बर’ र ‘रंगी’को टिम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुन जापान उड्यो ‘पिताम्बर’ र ‘रंगी’को टिम

‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ मा सहभागी हुनका लागि अभिनेता सौगात मल्ल, अनुप बिक्रम शाही, कृषा चौलागाइँसहित सलोन बस्नेत जापान प्रस्थान गरेका छन्। उनीहरु यही मे २५ मा हुने उक्त फिल्म फेस्टिभलमा सहभागी हुन जापान प्रस्थान गरेका हुन्।

जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ को नोमिनेसनमा एक्सन विधामा फिल्म ‘पिताम्बर’ बाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेक थ्रू पर्फमेन्समा अनुप बिक्रम शाही र बेस्ट निर्देशकमा कृषा चौलागाइँ नोमिनेसनमा परेका छन्। अभिनेता सौगात मल्लको यस फिल्ममा दर्शकले एक्सन प्रदर्शनलाई अत्यन्त मन पराएका थिए। जापान जानुअघि सौगातले यो अवार्ड कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त खुशी लागेको बताए। हलमा प्रदर्शन भइरहेको फिल्म ‘पिताम्बर’ की निर्देशक कृषा चौलागाइँले यो आफ्नो सफलता भएको बताएकी छन्।

नेपालमा एक्सन जनराको यस्तो फिल्म बनाउन निर्देशक कृषाले साहस देखाएकाले धेरैले प्रशंसा गरेका छन्। उनको निर्देशन कला दर्शकहरूले मन पराएका छन्। उनले यसअघि फिल्म ‘ऐँचोपैचो’ निर्देशन गरेकी थिइन्, जुन फिल्म समीक्षा हिसाबले पनि सफल भएको थियो। निर्माता हुँदै निर्देशनमा हात हालेकी कृषाले पछिल्लो फिल्म ‘पिताम्बर’मा कलाकारहरूलाई लिएर निर्देशनमा काम गरिरहेकी छन्। यो फिल्म हाल पनि हलमा सफलतापूर्वक प्रदर्शन भइरहेको छ।

यता फिल्म ‘रंगी’ बाट सलोन बस्नेत बेस्ट एक्टरमा नोमिनेसनमा परेपछि कार्यक्रममा सहभागी हुन जापान उडेका छन्।

फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश हुनेछन्। युना इन्टरटेन्मेन्टले जापानमा नेपाली फिल्म वितरण गर्दै आएको छ। युना इन्टरटेन्मेन्टका प्रमुख उज्ज्वल गुरागाइँ हुन्। उनले यस फेस्टिभलमा मुख्य सहभागी हुनुको कारण नेपाली फिल्मको बजार देश तथा विदेशमा अझ विस्तार गर्नु रहेको बताए। कुराकानीका क्रममा उनले भने, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सघाउने छ भन्नेमा हाम्रो टिमले विश्वास लिएको छ।’

उनका अनुसार यो फेस्टिभल नेपाली फिल्महरूको ऐतिहासिक सफलता हुनेछ। जापानमा नेपाली फिल्मलाई अधिकार लिएर प्रदर्शन तथा प्रचार–प्रसारमा युना इन्टरटेन्मेन्ट र उज्ज्वल गुरागाइँको नेतृत्वले काम गरिरहेको छ। यस फेस्टिभलको पुरस्कार वितरण समारोह आगामी मे २५, २०२५, साँझ ५ बजे, जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन (मुख्य थिएटर आओइ), नागोयामा हुने छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti