८ वर्षपछि ठूलो पर्दामा हमाल फर्किदां, यस्तो भयो अष्टनारायण हलमा ८ वर्षपछि ठूलो पर्दामा हमाल फर्किदां, यस्तो भयो अष्टनारायण हलमा

गत जेठ ९ गते शुक्रबारदेखि महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। ८ वर्षपछि आएको कमब्याक फिल्म भएकाले यसप्रति दर्शकको प्रतिक्षा उच्च थियो, जसको प्रभाव बक्स अफिसमा देखिएको छ।

फिल्मले प्रदर्शनका पहिलो दुई दिन, शुक्रबार र शनिबार, उत्साहजनक सुरुआत गरेको छ। वितरक करण श्रेष्ठका अनुसार, फिल्मले शुक्रबार बिहानको शोमा ४० प्रतिशत अकुपेन्सी देखाए पनि दिउँसोदेखि साँझसम्म ८० प्रतिशतसम्म अकुपेन्सी पुगेको थियो। शनिबार भने बिहानैदेखि दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।

वितरक श्रेष्ठका अनुसार, शनिबार राजधानी काठमाडौं मात्र होइन, मोफसलका हलहरूमा पनि महानायक हमालको क्रेज स्पष्ट रूपमा देखिएको थियो। हलहरूमा दर्शकको उल्लेख्य चाप मात्र होइन, सकारात्मक प्रतिक्रिया पनि प्राप्त भएको छ। फिल्मले उठाएको कथावस्तु, एक्सन पक्ष, महानायक हमालको अभिनय, साथै अभिनेता श्रेष्ठ र अभिनेत्री सनिशा भट्टराईको अभिनयलाई दर्शकले निकै मन पराएका छन्।

शनिबार महानायक हमाल करिब १० वर्षपछि देशकै सबैभन्दा धेरै सिट क्षमता भएको हल अष्टनारायणमा दर्शकसँग साक्षात्कार गर्न पुगे। त्यहाँ पुग्दा झण्डै १ हजारभन्दा बढी दर्शक फिल्म हेर्दै थिए। जब हमाल दर्शकमाझ उपस्थित भए, उनीहरू ताली र सिठ्ठीसहित स्वागतमा उत्रिए। हमालले त्यहीँ दर्शकसँग फिल्मबारे प्रतिक्रिया लिएका थिए र उनीसँग सेल्फी खिच्न दर्शकहरू तछाडमछाड गर्दै थिए।

१० वर्षपछि अष्टनारायण हल पुगेका हमाल निकै उत्साहित देखिए। स्टेजमा पुगेपछि उनले “अच्छा लेकिन लन्डनको चिसोले समाउला” बोलको गीतमा नृत्य समेत गरेका थिए। मिडियासँग छोटो कुराकानीमा हमालले १० वर्षपछि सिंगल स्क्रिन हलमा दर्शकमाझ पुग्दा पुराना दिनहरू ताजा भएको बताए।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको छ। फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिव जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायत कलाकारहरूको अभिनय छ। फिल्मको छायांकन राजु विक्रम थापा र सम्पादन साहिल खानले गरेका हुन्। यस फिल्मले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने अपेक्षा गरिएको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti