राजेश र राजको ‘नरसिंहाः अवतार’ ले पहिलो सातामा कति कमायो ? राजेश र राजको ‘नरसिंहाः अवतार’ ले पहिलो सातामा कति कमायो ?

राजेश हमालको ८ वर्षपछिको कमव्याक फिल्म ‘नरसिंहाः अवतार’ले आज शुक्रबारबाट दोस्रो साता प्रवेश गरेको छ । निर्माण पक्षले फिल्मको पहिलो सप्ताहन्त कलेक्सन पनि सार्वजनिक गरेको छ । जसअनुसार फिल्मले पहिलो साता दुई करोड ४ लाख ग्रस कलेक्सन दाबी गरिएको छ ।

राजेश हमाल फिल्म रिलिजको सुरुवाती दिनमा काठमाडौ उपत्यकाका प्रमुख सिनेमा हल पुगेर दर्शकसँग साक्षात्कार गरेका हमाल यतिबेला देश दौडाहामा छन् । उनी ‘नरसिंहाः अवतार’का दर्शक भेट्नका लागि पूर्वी नेपालको यात्रा पुरा गरेर यतिबेला पश्चिम नेपालमा छन् । यात्रामा उनलाई फिल्मका अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई, वितरक छविराज ओझालगायतले साथ दिइरहेका छन्।

फिल्मका उपत्यका वितरक करण श्रेष्ठका अनुसार दोस्रो सातामा आइपुग्दा फिल्मप्रति दर्शकको क्रेज उत्तिकै बढी छ । फिल्म हेर्ने अधिकांश दर्शकले फिल्ममा राजेश हमालको उपस्थितिलाई उत्कृष्ठ मानेका छन्।


दीवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा हमाल सहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी लगायतको अभिनय छ । क्रियटिभ सिने आट्र्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । यसमा राजु विक्रम थापाको डीओपी र साहिल खानको सम्पादन छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti