‘पिताम्बर’ निर्देशकले जापानमा साइन गरिन् नयाँ फिल्म ‘पिताम्बर’ निर्देशकले जापानमा साइन गरिन् नयाँ फिल्म

फिल्म ‘पिताम्बर’ निर्देशन कृषा चौंलागाइले नयाँ फिल्म निर्देशन गर्ने भएकी छन् । एक साता लामो जापान भ्रमणमा पुगेको समयमा निर्देशक चौलागाँइले नयाँ फिल्म साइन गरेकी हुन् । उनले नेपाल, भारत र फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेकी छिन्।

यो फिल्मलाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ । जापानमा रहेर फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो फिल्मलाई निर्माण गर्नेछ ।
यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँविच कागजी संझौता भएको हो ।

फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भएको छ । फिल्मको नाम, कलाकारहरुको बारेमा छिट्टै जानकारी दिने निर्माणपक्षले बताएको छ ।

यो फिल्मका लागि निर्देशक कृषा चौलागाइले महंगो रकम लिएको समेत दाबी गरिएको छ । तर, निर्माण पक्षले कृषाले लिएको रकम भने खुलाएको छैन ।

कृषाले ‘पिताम्बर’पछि आफू नयाँ प्रोजेक्टमा जोडिएको भन्दै दर्शकको विश्वासलाई टुट्न नदिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । यो फिल्मको हाल धमाधम स्क्रिप्टमा काम भइरहेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti