विपना थापापछि पन्तको ‘आ बाट आमा’मा पल शाहको आगमान विपना थापापछि पन्तको ‘आ बाट आमा’मा पल शाहको आगमान

फिल्म ‘आ बाट आमा’मा अभिनेता पल शाह अनुबन्धित भएका छन् । लेखक तथा निर्देशक चन्द्र पन्तले अभिनेता शाहलाई मुख्य अभिनेताका रुपमा अनुबन्धित गरेका हुन्।


पल शाहले यो फिल्मको स्क्रिप्ट मन परेको कारणले आफुले फिल्ममा काम गर्न राजी भएको बताएका छन् । फिल्ममा अनुबन्ध भइसकेपछि उनले आफुलाई फिल्मको स्क्रिप्टले भावुक बनाएको काम गर्न उत्साहित भएको बताए।

उनले भने,‘सबैभन्दा पहिला त यो फिल्मको स्क्रिप्ट मन पर्यो मलाई। स्क्रिप्टमा एकदमै इमोसनल छ । अनि टिममा पनि दिग्गज कलाकारहरुको टिम लिएर निर्माण गर्न लाग्नु भएको रहेछ। त्यसैले पनि मैले ‘आ बाट आमा’मा काम गर्न लागेको हो। साथसाथै चन्द्र पन्त दाईको यसअघिको फिल्म ‘ह्रस्व दीर्घ’ हेर्दाखेरि उहाँले अति राम्रो मेकिङ गर्नु भएको थियो। त्यस कारण यो आ बाट आमा पनि मेकिङको हिसावले राम्रो बन्नेछ।’

उनले आफुले खेलेको अहिलेसम्मको फिल्ममध्ये यसको कथा एकदमै राम्रो रहेको बताए । ‘यो फिल्मको स्क्रिप्ट पनि हामीले २–३ पटक सुन्यौँ। यो सुन्ने र सुनाउने सबै मान्छे इमोसनल भएका थियौँ,’उनले भने,‘मैले अहिलेसम्म गरेको फिल्ममध्ये यो नै इमोसनल फिल्म बन्छ भन्ने मलाई लाग्छ। र दर्शकले पनि अति नै मन पराउनुहुन्छ भन्नेमा म ढुक्क छु र पुरा टिम नै ढुक्क छ।’

उनले यो फिल्ममा आफ्नो क्यारेक्टरको बारेमा अहिले जानकारी दिन चाहेनन्। केहि समयपछि यसको बारेमा थप जानकारी दिने पलको भनाई छ।

यसअघि यो फिल्ममा आमाको भुमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्ध भइसकेकी छन्। निर्देशक पन्तले नै गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षको अन्तरालमा नेपाली रजतपटमा पुनरागमन गराएका थिए। त्यो सहकार्य निकै दर्शकले मन पराएका थिए । निर्देशक पन्तले फिल्म ‘आ बाट आमा’मा विपनाको शीर्ष भूमिकामा रहने जानकारी दिएका छन् ।

अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस फिल्मको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो। जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो। फिल्मले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ। यस फिल्ममा विपना र पलका साथै अन्य कलाकार र प्राविधिकहरुको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले जानकारी दिए। उनका अनुसार यो फिल्म आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रुपमा नै प्रदर्शनमा आउने छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti