अभिनेता सविन श्रेष्ठले एक्सन फिल्म ‘कश्यप’ खेल्ने भएका छन् । सविनको ‘क्यारेक्टर लुक्स’ सहित बिहिबार यो फिल्मबारे जानकारी दिइएको हो।
सुपरहिट फिल्म ‘अन्दाज’ डेब्यु सविनलाई सार्वजनिक लुक्समा ‘एंग्री योङ म्यान’को अवतारमा देख्न सकिन्छ । हातमा रगत लतपतिएको तरबार, लामो कपाल र दाह्रीमा उनी आक्रोशित देखिएका छन् । एक्सन, थ्रीलर र लभस्टोरी कथामा निर्माण हुने फिल्मलाई दिनेश जी खड्काले निर्देशन गर्नेछन्।
यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुने भएपनि टिमका अन्य कलाकार तथा प्राविधिक बारे जानकारी गराइएको छैन् ।
