सौगात मल्ल र बेनिशा हमाल स्टारर फिल्म ‘कल्ली’को पहिलो झलक सार्वजनिक गरिएको छ । लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो फिल्म बैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
फिल्मलाई किरण नेपालीले निर्माण गरेका हुने । को प्रस्तुतिमा तयार भएको यो फिल्म अब फागुनको १ गतेबाट रिलिजमा आउने भएको छ । फिल्मको सार्वजनिक दुई पोष्टरमा फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।

सार्वजनिक दुई पोस्टरमध्ये एक पोष्टरमा नायक सौगात मल्ल बाघसँग देखिएका छन् । रिसाहा अवतारमा देखिएको मल्लको हातमा भाला छ । भालामा रगत देखिन्छ । सार्वजनिक अर्को एक पोष्टरमा सौगातको साथमा नायिका बेनिशा हमाल, नायक उत्तम प्रधान, नाजिर हुसेन, कलाकार अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ । यो पोष्टरले फिल्मका अधिकांश पात्रहरुको चरित्र बोल्न खोजेको छ । यी पोस्टरहरु राकेश दाहालले तयार पारेका हुन्।

यो फिल्मले लोभको कथा भन्छ । मानिसको मनमा लोभ पलाएपछि उसको जिन्दगी कहाँबाट कहाँ पुग्छ र कस्तो परिस्थिती भोग्छ भन्ने कथालाई फिल्ममा देखाइएको छ । आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको फिल्ममा एनवी महर्जनको एक्सन, मिलन श्रेष्ठको सम्पादन, निसाल पौडेलको छायांकन छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्।
फिल्म कल्ली मा महेश दवाडीको लेखन रहेको यो फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन छ । सुनारले यस अगाडी फिल्म ‘बुलाकी’ निर्देशन गरेका थिए ।