दयाहाङ राई पछि ‘मिरमिरे’मा प्रकाश सपुतको आगमन दयाहाङ राई पछि ‘मिरमिरे’मा प्रकाश सपुतको आगमन

अभिनेता प्रकाश सपूत फिल्म ‘मिरमिरे’मा अनुबन्धित भएका छन् । अभिनेता दयाहाङ राईपछि प्रकाशलाई यो फिल्ममा अनुबन्धित गराएको हो ।

‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् । प्रकाशले हालसालै फिल्म माइतीघरको छायाँकन सकाएका हुन् भने सोल्टिनी र हरि बहादुरको जुत्ता प्रदर्शनको पर्खाइमा छन् ।

यद्पी फिल्म मिरमिरेमा प्रकाश यो अभिनेता वा सांगीतिक पक्षमा जोडिनेछन् त्यो भने निर्माण टिमले खुलाएको छैन् ।

‘मिरमिरे’ निर्देशक यम शेर्पाको दोस्रो निर्देशकिय फिल्म हो । कलाकार लाइनअप बलियो हुने बताए । प्राविधिक पक्ष पनि सिनेमाको बलियो हुने उनको भनाइ छ ।

अभिनेता प्रकाश सपूतले ‘मिरमिरे’मा जोडिन पाउँदा खुशी व्यक्त गरे । आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै उनले यस सिनेमाले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिए । फिल्मको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् । ‘मिरमिरे’लाई २०८२ मा रिलिजको लक्ष्य राखिएका छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti