विराज, सुशील र दिव्यापछि ‘राम नाम सत्य’मा सुपुष्पा अनुबन्धित विराज, सुशील र दिव्यापछि ‘राम नाम सत्य’मा सुपुष्पा अनुबन्धित

फिल्म ‘राम नाम सत्य’मा विराज भट्ट, सुशिल श्रेष्ठ र दिव्या रायमाझी पश्चात् नायिका सुपुष्पा भट्ट अनुबन्धित भएकी छिन् । सुपुष्पासँग फिल्मको टिमले यसै साता कागजी संझौता गरेको हो । फिल्मलाई माइकल चन्दले निर्देशन गर्दैछन् उनको यो डेब्यू निर्देशकिय फिल्म हो । सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुवन्धित गरिएको उनले बताए।


सुपुष्पाको पछिल्लो रिलिज फिल्म ‘फेरि रेशम फिलिली’ हो । यो फिल्ममा सुपुष्पाको कामको निकै तारिफ भएको थियो । सुपुष्पाले आफ्नो भूमिका चित्तवुझ्दो रहेपछि फिल्म साइन गरेको बताइन् । यो फिल्ममा यसअघि नायिका दिव्या रायमाझी पनि अनुवन्धित भइसकेकी छिन्।


सुपुष्पा साइन गरेपछि निर्देशक चन्दले भने–‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी नायिका चाहिएको थियो । उहाँको अभिनय पनि अब्बल छ । कथाले मागे अनुसार नै फिट भएपछि हामीले उहाँलाई अनुवन्धित गरेका हौं ।’


फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ मुख्य भूमिकामा फाइनल भइसकेका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । एक्सन, लभ र सस्पेन्स कथामा यो फिल्म निर्माण हुनेछ ।


फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षको भनाई छ । फिल्मलाई सुसन प्रजापतिले खिच्नेछन् । अब, केही कलाकार फाइनल गरेपछि लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti