‘पिताम्बर’ निर्देशक चौलागाईंको ‘जहाजैमा’मा जापानिज नायिका तय ‘पिताम्बर’ निर्देशक चौलागाईंको ‘जहाजैमा’मा जापानिज नायिका तय

पिताम्बर निर्देशक कृषा चौलागाइले नयाँ फिल्म ‘जहाजैमा’मा फिल्मकी मुख्य नायिकाको नाम सार्वजनिक गरेको छ । यो फिल्ममा जापानीज नायिका रजेल इचिमियाले काम गर्ने पक्का भएको हो । कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर शेयर गरेपनि उनको बिषयमा केही पनि उल्लेख गरेकी थिइनन् ।

सार्वजनिक पोष्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालिनता र सुन्दरता छल्किएको छ । सार्वजनिक पोष्टर हेर्दा यो फिल्म एउटा फिल्म मात्र नभएर नेपाल र जापानविचको भावनात्मक पुलको रुपमा अगाडि आउने विश्वास गर्न सकिन्छ।

निर्देशक चौलागाइले यसपटक फिल्ममा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपुर्ण भएपनि रोचक हुने बताइन् । यो फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्दैछन् । फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्ज्वलको भनाई छ । फिल्ममा जापानीज नायिका हुने पक्का भएपनि नायक कुन देशका हुनेछन् भन्ने खुलाइएको छैन । निर्देशक चौलागाइले हाल नायक फाइनल गर्ने प्रक्रियामा नै आफूहरु रहेको बताइन्।

रजेल जापनमा सक्रिय रुपमा काम गरिरहेकी नायिका तथा मोडल हुन् । उनलाई नेपाली फिल्ममा भित्राउनु आफैमा नयाँपन हो । यसले नेपाली फिल्मको अन्तरराष्ट्रिय छविलाई थप बलियो बनाउने विश्वास गरिएको छ । यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने तयारी गरिएको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti