‘अञ्जिला’ ले पार गर्यो प्रदर्शनको गौरवमय एक सय दिन ‘अञ्जिला’ ले पार गर्यो प्रदर्शनको गौरवमय एक सय दिन

फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको गौरवमय एक सय दिन पुरा गरेको छ । गत वर्ष फागुन २९ गते रिलिज भएको मिलन चाम्स निर्देशित यो फिल्मले यस वर्षको असार ६ गते शुक्रबार प्रदर्शनको एक सय दिन पुरा गरेको हो ।


फिल्मले काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ।

चलचित्रका निर्देशक मिलन चाम्सले सबै दर्शकप्रति आभार व्यक्त गरेका छन् । उनले अझै पनि दर्शकबाट निरन्तर साथको अपेक्षा गरे । ’अञ्जिला’ वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र परिसकेको छ । हालसम्म यस चलचित्रले १२ करोड माथिको व्यापार गरिसकेको निर्माताले बताएका छन् ।

यो चलचित्र राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । यसमा एन्जिला आफैँले प्रमुख अभिनय गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti