फिल्म ‘राम नाम सत्य’मा कलाकार सुनिल थापा अनुबन्धित भएका छन् । साउनको अन्तिम साताबाट छायांकनमा जाने यो फिल्मको प्रि–प्रोडक्सनको कार्य चलिरहेको छ ।
माइकल चन्दले निर्देशन गर्ने फिल्ममा सुनिलसँगै विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी र सुपुष्पा भट्ट पक्का भैसकेका छन् । अब, फिल्ममा कलाकार सुनिल थापालाई पनि अनुवन्धित गरिएको छ । निर्देशक माइकल चन्दका अनुसार, सुनिललाई यसपटक विल्कुलै फरक गेटअपमा देखाउने तयारी गरिएको छ । माइकलले भने–‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदैछौ । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ ।’
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली, उत्तम गुरुङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता डाक्टर डीआर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्ममा महेश पौडेलको डीओपी रहनेछ । फिल्मका साउथका कलाकार तथा एक्सन निर्देशकसँग पनि सहकार्य गर्ने तयारी गरिएको छ।