कृषा चौंलागाईंको ‘जहाजै’मा सौगात मल्ल अनुबन्धित कृषा चौंलागाईंको ‘जहाजै’मा सौगात मल्ल अनुबन्धित

अभिनेता सौगात मल्ल फिल्म ‘जहाजैमा’मा अनुवन्धित भएका छन् । नायक सौगात मल्लसँग निर्माण टिमले कागजी संझौता गरिसकेको छ । कृषा चौंलागाईंले निर्देशन गर्ने फिल्मको भदौबाट जापानदेखि सुरु हुँदैछ।

यो फिल्ममा सौगातको भूमिका कस्तो रहने हो भन्ने खुलाइएको छैन । तर, सौगातले भूमिका निकै नै मन पराएपछि काम गर्न राजी भएको वुझिएको छ । फिल्ममा यसअघि कलाकार केदार घिमिरे पनि फाइनल भइसकेका छन् । फिल्ममा केदारको भूमिका कस्तो हुनेछ भन्ने पनि केही खुलाइएको छैन। फिल्ममा अन्य केही स्टार कलाकारहरुको अभिनय रहने वुझिएको छ । फिल्ममा जापानीज अभिनेत्री रुजेल इचिमियाले पनि काम गर्ने पक्का भइसकेको छ।

फिल्म ‘पिताम्बर’पछि कृषा र सौगातले दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी रहनेछ । फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्ने यो फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti