केदार घिमिरे ‘माग्ने राजा’को टिजरलाई उच्च भ्युज केदार घिमिरे ‘माग्ने राजा’को टिजरलाई उच्च भ्युज

फिल्म ‘माग्ने राजा’को सोमबार सार्वजनिक टिजरलाई चौविस घण्टामा सात लाख भन्दा बढी भ्युज प्राप्त भएको छ । तेह्र हजार बढी लाइकयुक्त टिजरमा बाह्र सय बढी मिश्रित प्रतिक्रिया छन् । जे होस् कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा स्टारर फिल्मको टिजरले एक दिनमा पाएको भ्युज चाहिं उच्च हो । टिजर हेर्नुस् :

केदार घिमिरेका भिन्न स्वरुप देखिने सिनेमामा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ । विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रुपमा परिचित छ । पौने दुई मिनेट लामो टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका छन् । टिजरले दुवैको भूमिकाको बारेमा भने उति धेरै खुलाएको छैन । केदार घिमिरेलाई पोस्टरमार्फत् नै भिन्न स्वरुपमा प्रस्तुत गरेर चर्चा कमाएको निर्माण टिमले टिजरमा पनि माग्नेलाई नयाँ स्वरुपमा प्रस्तुत गरेको छ । ‘माग्ने राजा’मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् ।

सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पार्श्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ । सिनेमाको टिजर साहिल खानले तयार गरेका हुन् । आगामी भदौ ६ मा नेपालसँगै विदेशमा प्रदर्शन हुने तयारी भइरहेको सिनेमालाई आरआर फिल्मले वितरण गर्दैछ।

आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti