बल्छी गोबर गणेश निर्देशन गर्दै, मुख्य हिरोइन बर्षा बल्छी गोबर गणेश निर्देशन गर्दै, मुख्य हिरोइन बर्षा

फिल्म ‘गोबर गणेश’ बन्ने भएको छ । कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले ‘गोबर गणेश’ निर्देशन गर्ने भएका हुन् । बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने फिल्म माघ १ गते रिलिज हुनेछ । फिल्मका कलाकार र लेखकबारे केही जानकारी दिइएको छैन ।

यस मुख्य फिल्मको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ रहेकाछन् भने सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) पनि छन् । सीतादेवी हास्य कलाकार केदार घिमिरेकी श्रीमती हुन् । पुजन ‘हल्का रमाइलो’ सिरियलकी कलाकार हुन् । यद्यफि यसबारे निर्माणपक्षले केही बताएको छैन ।

“हामी कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जानेछौँ । अहिलेलाई हामीले टाइटल एनाउन्स गर्दै रिलिज डेट लक मात्रै गरेका हौँ,” निर्देशक मरिचमानले भने, “हाम्रो चलचित्रको कथा के हो पनि हामी आगामी दिनमा खोल्दै जाने नै छौँ । तर, जनरा भने नामबाटै प्रष्ट भइसकेको छ, हामी हसाउन आउने हो । कमेडीको जगमा गोबर गणेश आउनेछ ।”


‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका बल्छी पछि आफैँ टेलिचलचित्र निर्देशनमा आए । उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् । मरिचमान आफैँ भने फिल्ममा अभिनय गर्छन् या गर्दैनन् खुलाइएको छैन।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti