पारिजातको चर्चित कृति ‘शिरीषको फूल’ मा आधारित नाटक मार्फत नायिका सनिशा भट्टराई पहिलो पटक रंगमञ्चमा देखिने भएकी छन् । कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटकमा उनले प्रमुख पात्र सकम्बरी को भूमिका निर्वाह गर्दैछिन्।
कान्तिपुर थिएटर प्रमुख प्रकाश पुरीका अनुसार पात्रको गहिरो भावबोध बुझ्न सक्ने कलाकारको खोजीमा उनीहरूले सनिशालाई रोजेका हुन् । नाटकमा उनको अपोजिटमा दशकअघि नेपाली फिल्ममा सक्रिय रहेका अभिनेता जीवन लुइँटेल रहनेछन् । उनले सुयोगवीर को भूमिका निभाउनेछन् । अमेरिका बसाइपछि जीवन रंगमञ्चमा फर्किन लागेका हुन्, र नाटकको तयारीका लागि चाँडै नेपाल फर्किने बताइएको छ ।
फिल्म ‘१२ गाउँ’ बाट चर्चा कमाएकी सनिशाले पछिल्लो समय ‘नरसिंहा अवतार’ जस्ता फिल्ममा काम गरेकी छन् । अब उनी रंगमञ्चमा शिरिषको फूल जस्तो कालजयि उपन्यासको को चर्चित पात्र ’सकम्बरी’ को भुमिकामा आफूलाई कसरी प्रस्तुत गर्छिन् भन्ने चासो दर्शकमा रहने देखिन्छ ।
नाटकको कार्यशाला सुरु भइसकेको छ, र साउनको पहिलो साताबाट मञ्चन सुरु हुने तयारीमा छ । नाटकको निर्देशन कान्तिपुर फिल्म एकेडेमिकी बिद्यार्थी पत्रीका घिमिरेले गर्दैछिन ।