पूजा शर्मालाई पुनः एक्सन अवतारमा लिएर ‘दान्भी’ निर्देशकको ‘एक्का तीन’ घोषणा पूजा शर्मालाई पुनः एक्सन अवतारमा लिएर ‘दान्भी’ निर्देशकको ‘एक्का तीन’ घोषणा

गतबर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले अभिनेत्री पूजा शर्मालाई लिएर नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । नयाँ फिल्मको नाम ‘एक्का तीन’ राखिएको छ । सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ।

फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ । जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो । फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ । थीम पोस्टरमा तीन जना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । फिल्मको मुख्य भूमिकामा नायिका पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ । तर, अन्य मुख्य पात्रहरुको बारेमा निर्माण पक्षले केही पनि खुलाएको छैन । ‘एक्का तीन–च्याप्टर १’ भनिएकाले पनि यो फिल्मको दोस्रो सिरिज पनि बन्ने संकेत निर्माणपक्षले दिएको छ ।

यसपटक फिल्ममा एक्सन, सस्पेन्स र बलियो कथा रहेको रुपेशको भनाई छ । आफूले यसअघिका फिल्ममा गरेका कमीकमजोरीलाई समेत सच्च्याएर यो फिल्म निर्देशन गर्ने रुपेश बताउँछन् । फिल्मको छायांकन चाँडै नै सुरु हुनेछ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम धमाधम चलिरहेको छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti