निर्माता रोहित अधिकारीले निर्माण गर्ने नयाँ फिल्म ‘भाइटिका’मा मल्टीकास्ट हुने भएका छन् । रेखा थापा, बिपिन कार्कीदेखि धिरज मगरसम्म पक्का भएका हुन् । महेश दवाडीको लेखन रहेको फिल्मलाई दिपक वलीले निर्देशन गर्नेछन्।
‘भाइटिका’मा अभिनेता बिपिन कार्की दाई र अभिनेत्री रेखा थापा बैनीको भूमिकामा प्रस्तुत हुँदैछन् । दर्शकमाझ अभिनय र स्टारडम बोकेका यी दुई स्टार पहिलो पटक एकसाथ फिल्ममा प्रस्तुत हुँदैछन् । यस्तै अहिलेका व्यस्त अभिनेता मगर र अर्की एक चल्तीकी नायिका फिल्म हुने खबरले भाईटिका प्रति थप चासो बढाएको छ । बिपिनले भाईटिकामा नाफा साँझेदारको रुपमा साइन गरेका छन्।
मल्टीस्टारर फिल्म ‘भाइटिका’को छायाँकन यो सालको अन्त्यदेखि सुरु हुनेछ भने आउँदो सालको तिहारमा फिल्म रिलिज गर्ने निर्माता अधिकारीको योजना छ । रोहितकै फिल्म माइतीघर यो सालको दशैंमा रिलिज हुँदैछ ।